मादी गाउँपालिका २ मा सार्वजनिक सुनुवाई
पाेखरा | साउन २५, २०८१
पोखरा: कास्कीको मादी गाउँपालिका २ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
सुशासन प्रवद्र्धन अन्तरगत वडा कार्यालयले प्रवाह गरेका सेवाबारे जनतालाई जानकारी दिने तथा जनताका गुनासा सुन्ने उद्देश्यले विहीवार सार्वजनिक सुनुवाई सम्पन्न गरिएको वडा अध्यक्ष भोजबहादुर गुरुङ्ले बताए ।
कार्यक्रममा वडा समिति, टोल विकास संस्था, वडाका सामुदायिक संघसंस्थाका प्रतिनिधिका साथै वडाबासीको उपस्थिति रहेको छ । कार्यक्रममा वडाध्यक्ष गुरुङ्ले वडाले प्रवाह गरेका सेवा सुविधाका बारेमा उपस्थित प्रतिनिधि तथा जनतालाई जानकारी गराएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिकाका उप प्रमुख कल्पना गुरुङ्ले वडा कार्यालयले गर्ने सार्वजनिक सुनुवाई कार्यक्रमले गाउँपालिकाकै सुशासन प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् ।
उनले २ नम्बर वडा जस्तै अन्य वडाले पनि सार्वजनिक सुनुवाई गरेर आफुले गरेका कामको बारेमा सरोकारवालाहरुलाई जानकारी दिनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा वडा सदस्य दिलबहादुर गुरुङ्ले वडा समिति भनेको जनताको सबैभन्दा नजिकको सरकार भएकोले जनताले अनुभुति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । अहिलेसम्मका वडा कार्यालयको सेवा प्रवाह सन्तोषजनक रहेको बताउँदै गुरुङ्ले आगामी दिनहरुमा पनि जनताको जीवनशैलीमा परिवर्तन गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए ।
सार्वजनिक सुनुवाई कार्यक्रमममा वडा सदस्य पुर्णसुब्बा गुरुङ्ले आफुहरुले सकेसम्मको सेवा वडाबासीलाई दिईएको दावी गरिन् ।
उनले जुनसुकै समयमा पनि आफुहरु वडाबासीको सेवामा तत्पर रहने प्रतिवद्धता व्यक्त गरिन् ।
सेवा प्रवाहवारे जानकारी गराउने क्रममा वडाध्ष्क्ष गुरुङ्ले मादी गाउँपालिकाबाट १ करोड ३६ लाख र गण्डकी प्रदेश सरकारबाट १५ लाख गरि जम्मा १ करोड ५१ लाख रकम विभिन्न योजना तथा कार्यक्रम गरि रकम विनियोजन भएकोमा यस वर्ष मादी गापा वडा नम्बर २ ले योजना तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्नमा सफल भएको दाबी गरेका थिए ।
कार्यक्रमको सञ्चालन वडा सचिव बसन्त थापा मगरले गरेका थिए ।
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

